वीरेन्द्रनगर नगरपालिकाको विधेयक अधिवेशन भोलीबाट सुरु हुने


फाइल फोटो

६ चैत । सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको नगर सभा तथा विधेयक अधिवेशन भोली (बुधबार) देखि शुरु हुँदैछ । नयाँ ऐन, नियम, कानून र निर्देशिका बनाउन तथा चालु आर्थिक वर्षकालागि नीति, कार्यक्रम र वजेटको समिक्षा गर्न अधिवेशन हुन लागेको बताइएको छ ।

अधिवेशनमा प्रशासकिय कार्यविधी नियमित गर्नेसम्बन्धी विधेयक, शिक्षा, स्वास्थ्य र कृषि लगायतका विधेयकमाथि छलफल हुने नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो ।

भोली बिहान ११ बजेदेखि शुरु हुने अधिबेशनमा विभिन्न ९ वटा एजेन्डाहरुमाथि छलफल हुने नगरप्रमुख सुबेदीले जानकारी दिनुभयो ।

अधिवेशनमा असारमा सम्पन्न नगर सभाले बनाएका योजनाहरुको पनि समिक्षा गरिने भन्दै अधिवेशनबाट विधेयक पास भएमा आफुहरुलाई जनअपेक्षाअनुसार काम गर्न सहज हुने उहाँले बताउनु भयो ।