उपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मृत्यु राहत कोष हस्तान्तरण


माघ, १५ सुर्खेत । सहकारीको क्षेत्रमा बिगत केहि समय यता उत्कृष्ट कार्य गर्दे आईरहेको जिल्लामा संचालित एक सहकारी संस्थाले मंगलवार (आज) मृतककै घरमा गएर मृतका आफन्तलाई सदस्य राहात कोष रकम हस्तान्तरण गरेको छ ।

सुर्खेत जिल्लामा अध्ययनरत बिधार्थीहरुको समूहले, समाजमा रहेको न्यून आए भएका व्यक्ति र आर्थिक अभावका कारण गरीविको रेखामूनि रहेका समूदायका बेरोजगार युवा–यूवतीहरुको जीवन स्तरमा आर्थिक परिवर्तन ल्याई आर्थिक क्षेत्रमा समाजलाई नै रुपान्तर गर्ने उद्देश्यका साथ २०६१ साल असार १२ गतेका दिन स्थापना गरेको उपकार बहुउद्देश्यीय सहकारी संस्थाले मंगलवार (आज ) उक्त रकम हस्तान्तरण गरेको हो ।

यहि माघ ९ गतेका दिन ४३ बर्षको उमेरमा असामयिक निधन भएका वीरेन्द्रनगर १० एयरपोर्ट निवासी संस्थाका सदस्य स्वर्गिय नैनसरा बिसीका श्रीमान कमल बिसीलाई संस्थाका उपाध्यक्ष शशीप्रसाद आचार्यले राहत रकम स्वरुप ५ हजार हस्तान्तरण गर्नुभएको हो ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो भने सहकारी संस्थाका सचिव यज्ञप्रसाद आचार्यले सरकारको तीन खम्बे निती अनुशार सहकारी, सरकारी र निजी क्षेत्रलाई प्रथामिकता दिई रहेको अवस्थामा सहकारीमा आवद्धता भएका शेयर सदस्यहरुले बार्षिक बोनस मात्र पाउदछौं भन्ने भन्दा पनि, सहकारीका शेयर सदस्यहरुको मृत्यु पश्चात सदस्यका परिवारमा केहि आर्थिक भार कम होस् भन्ने उद्देश्यका साथ संचालन गरिएको सदस्य मृत्यु राहत रकम हस्तान्तरण गरेको बताउनुभयो ।

यसैगरी संस्थाका संचालक सदस्य त्रिभुवन विसीलेका अनुसार सहकारीहरुका ७ वटा सिद्धान्तहरु मध्यको तेस्रो सिद्धान्त (सदस्यहरुको आर्थिक सहभागिता) अनुशार सहकारी संस्थामा शेयर सदस्य भए पश्चात बचत गर्ने, ऋण लिने र व्याज तिर्ने कार्य मात्र मुख्य नभई सहकारी संस्थामा आबद्धता भएका शेयर सदस्यहरुलाई भौतिक , आर्थिक समस्याहरुका साथै दुख परेको बखत पनि सहकारी संस्थाले दुखमा परेको अवस्थामा सदस्यकै घर आंगनमा, नै गएर सहयोग गर्ने रहेछ र गर्न सक्दछ भन्ने सन्देश दिनका लागी मृतकका श्रीमानलाई सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो ।