छाउगोठमा बसेका दुई छात्रालाइ शिक्षकले बलात्कारको प्रयास गरे


सुर्खेत, ६ चैत ।
सुर्खेतमा आफ्नै छात्राहरुलाई बलात्कारको प्रयास गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० स्थित जनज्योति निमाविका शिक्षक ३५ वर्षिय युवराज शर्मालाई २ जना छात्रालाई बलात्कारको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय बावियाचौरले पक्राउ गरेको हो ।

शिक्षक शर्माले उत्तेजना वढाउने औषधि खुवाई बालिका बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । महिनावारी भएको बेलामा छाउगोठमा बसेका दुई बालिकालाई शिक्षक शमाले रातिको समयमा औषधि खुवाउन खोजेर बलात्तकारको प्रयास गरेकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिक्षकले केहीदिन देखि बालिकाहरुलाई खानेकुरा दिइरहेको र आइतबार औषधि खान दिएको बयान दिएका छन् । शिक्षक र बालिकाको घर एउटै गाउँमा भएकोले बालिकाकै घरमा आएर शिक्षकले औषधि खान दिएको तर बालिकाले शंका मानेर नखाएको प्रहरीले जनाएको छ । प्रहरीले शिक्षक शर्मालाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ । थप अनुसन्धानका लागि भोलि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाउने इलाका प्रहरी कार्यालयका हवल्दार शेरबहादुर चौधरीले जानकारी दिनुभयो ।