
मिलन श्रेष्ठ
सुर्खेत, २१ चैत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले कार्यवाहक स्ववीयूका उपाध्यक्ष पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले आज बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा सांसद् धर्म रेग्मी सवार हुनुहुन्थ्यो ।
आज बसेको संसद बैठकमा यस घटनाप्रति सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद धर्मराज रेग्मीले आफु सवार गाडीमा तोडफोड हुनु शान्ति सुुरक्षामा खतरा भएको भन्दै यस्ता गतिविधि रोक्न सरकारलाई ध्यानाकर्षण गराउनु भयो । उहाँले सुरक्षा चूनौति भएको भन्दै दोषिलाई कार्वाही गर्नुपर्ने माग राख्नु भयो ।
यस्तैै विरबहादुर शाहीले पनि मन्त्रीको गाडी तोडफोडमा संग्लन दोषिलाई कार्वाहीको माग गर्नुभयो । सांसद अम्मरबहादुर शाहीले मन्त्री र सांसद चढेको गाडीमा तोडफोड हुनु आफुहरु असुरक्षित भएको बताउन भयो । उहाँले समृद्धिका लागि शान्ति सुरक्षा मुख्य भएकाले सरकार शान्ति सुरक्षा तर्फ ध्यान जान अवाश्यक रहको बताउनु भयो ।
संसद वैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मन्त्रीको गाडीमा तोडफोड भएको घटना प्रति प्रदेश सरकारको गम्भिर ध्यानाकषर्ण भएको बताउनु भयो । उहाँले दोषिलाई कारवाही गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।



Milan Shrestha । २१ चैत्र २०७४, बुधबार १४:४१ बजे