संघीय गठबन्धले सिंहदरबार घेराउ गर्दै, सुरक्षा व्यवस्था कडा


samghiya-aandolan-2-768x571२ जेठ, काठमाडौं  । शनिबारबाट काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेको मधेसी दलको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गर्दैंछ ।

गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्न चारवटा नाका प्रयोग गर्ने तयारी गरेको छ । विहान नौ  बजे भने दुईवटा नाका प्रयोग गर्नेछ । गठबन्धनका नेता कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा बिहान नौ बजे धर्ना बसनेछन् । १२ बजेपछि पद्मोदयमोड र भद्रकाली थपिने कार्यक्रक्रम रहेको छ ।

कुन नेता कहाँ

समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा नेतृत्व गर्ने छन् । भने तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् ।

यस्तो छ कार्यक्रम
बिहान नौ बजेबाट सुरु भएको घेराउ बेलुका पाँच बजेसम्म् चल्नेछ । त्यसपछि गठबन्धनका कार्यकर्ता पार्टीले तोकेको आवासमा जानेछन् ।

दिभरि सांस्कृतिक कार्यक्रम, कविता बाचन, भाषण र हास्यव्यंग्य प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ ।

सुरक्षा व्यवस्था कडा
मधेसी दलले शक्ति प्रदर्शनसहित सिंहदरबार घेराउ गर्न लागेसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडाँ बनाइएको छ । आइतबार बिहानै बाट सिंहदरबार आसपासका क्षेत्रमा सुरक्षाकर्मिको उपस्थिति बाक्लो रहेको छ ।

भीड तथा नाराजुलुर नियन्त्रणका लागि आइतबारदेखि नयाँ सुरक्षा रणनीति कार्यान्वयन हुँदै छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी एकीकृत रुपमा खटिने छन् । नयाँ रणनीतिअनुसार पहिलोपटक नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिन ललागेका हुन् ।

सिंहदरबार आसपासका क्षेत्र निषेधित क्षेत्र भएकाले आन्दोलनकारी र प्रहरीबीच झडप हुने संभावना भएकाले पन प्रहरीको तैनाथी बाक्लो बनाइएको छ ।

साभारः अनलाइन खबर