एकसाता भित्रै संसदको बैठक आह्वान हुने
मिलन श्रेष्ठ
सुर्खेत, ९ चैत ।
कर्णाली प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धि विधेयक शुक्रबार संसदमा दर्ता गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज(शुत्रवार) संसद सचिवालयमा दर्ता गरेकोे हो । यो विधेयक भएसंगै अब प्रदेश संसदले कामका लागि बिजनेश पाएको छ ।
सरकारले बिजनेश नदिँदा गत फागुन १५ गतेदेखि संसद बैठक स्थगित छ । आज सरकारले पहिलो विधेयक दर्ता गरेपछि अबको केही दिन भित्र संसद बैठक बसी संसद सुचारु हुने छ । संसदमा दर्ता भएको आर्थिक विधेयक पारित भएमा प्रदेश बैंकमा खाता खोली आर्थिक कारोवार गर्ने बाटो खुल्ने छ । विधेयक दर्ता बारेमा जानकारी दिदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले, अब सरकारलाई काम गर्नका लागि बाटो खुल्ने बताउनु भयो । आर्थिक विधेयक संसदबाट पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउनका लागि बाटो खुल्ला गर्ने छ ।
यस्तै संसदमा दर्ता भएको आर्थिक विधेयकमा प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुमा विधुतिय प्रणाली मार्फत आर्थिक कारोबार गरिने पनि उल्लेख छ । विधेयकमा आर्थिक कारोबारलाई प्रभावकारी एवंम् पारदर्शी, बनाउनुका सार्थै लेखांकन एवंम प्रतिवेदनात्मकका लागि विधुतीय प्रणालीको व्यवस्था गरिएको बताउनु भयो । खर्चको रिर्पोटलाई एकरुपता दिनका लागि पनि विधुतीय लेखा प्रणालीको आवश्यक रहेकोले यस्तो व्यवस्था गरिएको मन्त्री ज्वालाले बताउनु भयो ।
यसैगरी विधेयकमा बेरुजु फछर्यौट , सम्पत्ति व्यवस्थापन, प्रदेश सञ्चित कोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा निकासा तथा खर्च गर्ने लगाएतका आर्थिक कार्यविधि सम्बन्धि विधेयकमा उल्लेख गरिएको छ ।
विधयेकमा प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको अतिरिक्त विनियोजन, राजश्व धरौटी, प्रदेश सरकारलाई नेपाल सरकारबाट प्राप्त हुने वैदेशिक अनुदान, ऋण–सापट, लगानीका साथै अन्य कारोबारको एकीकृत लेखा तयार गरी राख्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले अब विधेयक पारित पश्चात यसै महिना भित्र यस चालु आर्थिक बर्षका लागि बजेट ल्याउने र असारमा आगामी आर्थिक वर्षका लागि बजेट तयारी गर्ने बताउनु भयो । बजेटमा स्रोत बढाउनका लागि पहल भइरहेको भन्दै आर्थिक मन्त्री ज्वालाले राजश्व स्रोत जुटाउन दक्षिण र उत्तरका नाका संचालन बारे पहल भइरहेको बताउनु भयो ।



Milan Shrestha । ९ चैत्र २०७४, शुक्रबार १४:२५ बजे