युवाहरुको पहलमा जिर्ण बनेको विद्यालयमा रंगरोगन र सरसफाई


१० साउन, सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइली चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा युवाहरुले रंगरोगन गरिएको छ ।

लाटिकोइलीमा रहेका युवाहरुको समुहले विद्यालयमा सरसफाई र जिर्ण भएको विद्यालयमा रंगरोगन गरेका हुन ।

बर्षौदेखि जिर्ण अवस्थामा रहेको विधालयलाइ युवाहरुले सरसफाई र रंगरोगनगरेपछि अहिले विद्यालयको रुप फेरिएको छ ।

२०४४ सालमा स्थापना भएको विद्यालयमा अहिले २ सय १५ जना बालबालिकाहरुले अध्ययन गर्दै आएका छन ।रेडियो भेरीका व्यवस्थापक केशब कोइरालाको आर्थिक  सहयोगमा युवाहरुले विद्यालयमा रंगरोगन गरिएको युवा सनम गिरीले जानकारी दिनुभयो ।

आफुहरुले गाँउटोलमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको स्थानमा सामाजिक कार्यहरु गर्दै आएको र यसकालागि संधै लागिपर्ने स्थानिय युवा बसन्त गिरी, सुरज केसी, अनिल दाहलले सधै लागी पर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक निमबहादुर शाहले युवाहरुले सहयोग गरेको प्रति धन्यवाद दिदै उहाँहरुप्रति आभार प्रकट गर्नुभयो । यस्तै लाटीकोइलीका स्थानिय युवाहरुका संरक्षण नारायण विक्रम जिसीले ९ नम्बर वडामा रहेका सामाजिक सम्पदाहरुको संरक्षणमा युवाहरुले देखाएको र गरेको काम उल्लेखनिय रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य पुरन शाही र टिका विकले आफुहरु चाँदनी चौकीको स्थानियपनि भएको र यो क्षेत्रका धेरै बालबालिका अध्ययन गर्ने विधालय जिर्ण भएको बेला युवाहरुले गरेको कामको प्रशंस्सा गर्नुभयो ।

सरसफाइ कार्यक्रममा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठ लगायत ९ नम्बर वडाका युवाहरुलाई सहयोग गर्न कैची ग्याङ समहुका युवाहरु पनि सहभागीता रहेको थियो ।

पछिल्लो समय ९ नम्बर वडाका युवाहरुको संक्रियतामा काँक्रेविहार संमरक्षण क्षेत्रमा जरायोको आहाराको लागी सुपरनेपिर घासँ १५ सय विरुवा वृक्षारोपन गरिएको छ ।

उनिहरुले स्थानिय शिव मन्दीरमा सरसफाई सहित सामाजिक क्रियाकलाप गर्दै आएका छन ।

सरसफाइमा सहभागी ३५ जना युवाहरुको लागी खाना खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीहरुले गर्नुभएको हो ।

कार्यक्रममाविधालय व्यवस्था पनसमितिका पदाधिकारी र शिक्षकहरु अनि स्थानियवासीहरुको पनि उपस्थित रहेको थियो।