सुर्खेत, १० चैत । नेपाली सेनाको सैन्य पदको लोक सेवा आयोगको परीक्षामा अरु परिक्षार्थीको नाममा परीक्षा दिने नक्कली परिक्षार्थीहरु आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका ९ बर्दियाका कुम्भ राज डाँगी, छेडागाड नागरपालिका जाजरकोटका वीरेन्द्र शर्मा, वीरेन्द्रनगर-१० खजुराका दिनेश रावत, भगवतिमाई गाउँपालिका-७ दैलेखका अृमत बुढा, र वीरेन्द्रनगर-१० का कमला थापा पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुले आफन्त र साथीहरुको नाममा परीक्षा दिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वीरेन्द्र शर्माले प्रेम बहादुर खडका, कुम्भराज डाँगीले तिर्थ बहादुर राना, दिनेश रावतले भिम बस्नेत र अमृता बुढाले कमला थापाको नामबाट परीक्षामा सहभागी भइरहेको बेला पक्राउ परेका हुन ।



Milan Shrestha । १० चैत्र २०७४, शनिबार १४:४५ बजे