मौसम कुमार
चैत्र ११, दैलेख ।
जिल्ला वन कार्यालय दैलेखको आयोजनामा वन डढेलो तथा आगलागी रोक्न एक दिने जनचेतनामुलक ¥याली निकालिएको छ । जिल्ला सदरमुकामको स्थानिय गणेशचोकवाट निकालिएको ¥याली पुरानो वजारमा परीक्रमा पछि सभा सभा गरी समापन गरिएको थियो ।
आयोजीत सभामा जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, राजनितिज्ञ, सरोकारवाला निकायहरु, वन उपभोक्ता समितिका प्रतिनिधीहरु, विद्यार्थी सहितको उपस्थित रहेको थियो । जिल्ला वन कार्यालय दैलेखका अनुसार वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गरीने छ ।



Milan Shrestha । १२ चैत्र २०७४, सोमबार ०३:१७ बजे