काठमाडौंको कमलादीमा पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ


१५ कार्तिक । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजाबाट अटोमेटिक पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५१ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत पञ्जावका जसवित सिँह र हर देवेन्द्र सिँह रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । पक्राउ गर्न पुगेका प्रहरीलाई लक्षित गरी उनीहरुले एक राउण्ड गोलीसमेत चलाएको प्रहरीले जनाएको छ ।
उनीहरु भारतीय सुटर रहेको आशंका नेपाल प्रहरीले गरेको छ । “कसैको हत्या योजनासहित आएको पनि हुन सक्छ,” धानुकले भने ।

साभारः बाह्रखरीअनलाइन