मुख्यमन्त्री शाहीद्वारा संसदमा विस्वासको प्रस्ताव पेश


कृष्णराज धमाला
फागुन १५, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विस्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ ।

प्रस्ताव पेश गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्र

देशको समृद्धि र समुन्नत विकासका लागि जनतासँग मत मागीएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले जनताका चाहाना पुरा गर्न दलभन्द माथि उठेर एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

चुनौती र सम्भावना दुबै भएको कर्णाली प्रदेशमा चुनौतीलाई छिचोल्दै समृद्ध प्रदेश निर्माण गर्न सत्तापक्ष, प्रतिपक्षको गन्ध आउन नदिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘एकता बिना विकास सम्भव छैन, समृद्ध प्रदेश निर्माणको अभियानामा हातेमालो गरौं ।’
नेपाली कांग्रेस र राप्रपाले भने बिपक्षमा मतदान गर्ने भएकोे छ ।
संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्री भएको तिस दिन भित्र विस्वासको मत लिने प्रावधान छ ।