राजनीतिक पुर्बाग्रहकै कारण जागिर चट



बिस्नप्रसाद न्यौपाने
चैत १४, कालीकोट ।

कालीकोट जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ७ मा राजनीतिक पुर्बाग्रहकै कारण कार्यालय सहायक दलबहादुर बुढाको जागिर गएको छ । २०५३ सालदेखि साविकको माल्कोट गाविसको कार्यालय सहायक पदमा काम गर्दै आएका बुढाको स्थानिय निर्बाचन पछि राजनीतिक पुर्बाग्रहकै कारण जागिर गएको हो ।

नरहरीनाथ गाउपालिका वडा नं. ७ का कार्यालय सहायक बुढाको गत मंसिरदेखि वडा कार्यालयले जागिरबाट हटाएको छ । सरकारले स्थानिय तहमा पहिलेदेखी काम गरिरहेका कर्मचारीहरुलाई पुन करार मै काम गर्न लगाउने र प्रदेश लोकसेवा आयोगको पहिलो परिक्षामा आन्तरीक रुपमा हुने परीक्षामा सहभागी गराउने भने पनि त्यसलाई लत्याउदै नेकपा माओबादी केन्द्रबाट विजयी भएका वडा अध्यक्ष दलबहादुर बिकले राजनीतिक पुर्बाग्रहकै कारण आफुलाई हटाएको बुढाको भनाई छ । २१ वर्षसम्म गाविसको कर्मचारी भई सेवा दिएका बुढालाई नरहरीनाथ गाउँपालिका वडा नं ७ का वडा अध्यक्षले राजनीतिक पुर्वाग्राही ढंगले एकल निर्णय गरि हटाएको बुढाको दाबी छ । बुढाले आफ्नो पदमा विज्ञापन नै नगरी अर्को कर्मचारी नियुक्त गरेको प्रति आपत्ति समेत जनाउनुभयो । आफुले स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष दलबहादुर विकलाई २÷३ लाख रुपैया चुनावमा सहयोग गरेकाले आफुले कार्यालय सहायकमा जागिर पाएको फोनमा आफुसँग कुरा गरेको बुढाको भनाई छ ।

गत पुस १८ गते आफु काम विशेषले वडा कार्यालय भन्दा बाहिर रहेको बेला पुस २४ गतेका दिन एकलौटी ठाडो निर्णय गरि आफुलाई हटाएको भन्दै बुढाले गाउँपालिकाका बुद्धिजिवीको भेलाले पुर्नबाहालीको लागि गाउँपालिकामा पटक पटक निवेदन दिँदा पनि गाउँपालिकाले वास्ता नगरेको भन्दै दुख व्यक्त गर्नुभयो ।

यता नरहरीनाथ गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दलबहादुर विकले आफु निर्वाचित भईसकेपछि कार्यालयमा निरन्तरता नदिएका कारणले बाध्य भएर अर्को कर्मचारी नियुक्त गर्न परेको बताउनु भएको छ । स्थानीय तह निर्वाचनमा निर्वाचित भइसकेपछि आफुलाई काम गर्न असहज बातावरण सिर्जना भएकाले आफुले पदबाट हटाउनु परेको वडा अध्यक्ष विकको दाबी छ । उहाँले वडाको काम नगरि १ महिनासम्म बेपत्ता भएर वडा कार्यालयमा हाजिरी नभएकाले ७ दिनको सूचना निकाल्दा पनि कार्यालयमा उपस्थिति नहुँदा हटाउनु परेको जिकिर छ । २०६८÷०६९ सालको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको जनगुनासो आएकाले आफुले बुझ्दा बुढाले आफुलाई गाली गलौज गरेका कारण गाउँ कार्यपालिकाको निर्णय अनुरुप हटाइएको वडा अध्यक्ष बिकको भनाई छ ।

तर कार्यालय सहायक दलबहादुर बुढाले आफुले नियमित वडा कार्यालयको काम गरिरहेको र वडा अध्यक्षलाई गाली पनि नगेको, वडा कार्यालययमा बिदा मागेर आफु बाहिर गएको बेला हटाइएको बताउनु भएको छ ।