चार बर्ष भित्र हिमा उज्यालो हुने–अध्यक्ष शाही


जेठ २९, जुम्ला ।

करीब ८ बर्ष देखि अलपत्र परेको हिमा गाँउपालिका ६ खाँगलखोला जुम्लाको साना जलबिद्युत्त आयोजना सञ्चालनमा आउने भएको छ ।

आयोजना सञ्चालनका लागि काम ८ बर्ष अघि देखि बिभिन्न प्रयास गरीए पनि काम हुन नसकेको सो आयोजना स्थानिय निकायको निर्बाचन पछि निर्बाचित जनप्रतिनिहरुको पहलमा निर्माण कार्य आरम्भ भएपछि बिधुत्त सेवा सञ्चालनमा आउने आशा गरीएको छ ।

गाँउ पालिका अध्यक्ष रजबहादुर शाहीले दिएको जानकारी अनुसार वडा नं. ६ को खाँगलखोला र वडा नं. १ को भित्तिखोला गरी दुबै योजनाहरुको काम भकाभक भइरहेको छ । बिगत लामो समय देखि बिधुत्तको असुुबिधा भोगीरहेका स्थानीयवासीको इच्छा अनुसार स्थानिय निकायको सहयोग र पहलमा दुबै योजनाको काम सुरु भएकाले अब बत्ति बाल्न धेरै समय कुर्नु नपर्ने अध्यक्ष शाहीको भनाई छ ।

स्थानियवासीलाई बत्ति बाल्ने चाहाना छ, उहाँहरु पनि लागि पर्नुभएको छ, अध्यक्ष शाहीले भन्नुभयो यि दुई योजना सँगै अबको चार बर्ष भित्र उज्यालो हिमा गाँउ पालिका बनाउने योजना अनुसार काम भइरहेको छ । उहाँले थप्नुभयो १ सय २० किलोवाट क्षमताको योजना पनि सञ्चालन हुने तयारी भएकाले स्थानियवासीले भरपुर उपयोग गरी बाहीर पनि दिन सक्ने गरी काम गर्ने रणनीति लिएको उहाँको भनाई छ ।

जनप्रतिधिहरुले मात्रै चाहेर विकास सम्भव नहुने भन्दै स्थानीयहरुको पनि सकारात्मक सहयोग आबस्यक भएको र त्यो सहयोग गाँउपालिकावासीले दिदैआएको अध्यक्ष शाहीको अनुभव छ ।