माछा मार्न जादा हाँडी (दलदल)मा डुबेर मृत्यु



मिलन श्रेष्ठ
३० कार्तिक, सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालीका वडा नं.९ मा माछा मार्न गएको बेला एकजनाको हाँडीमा डुबेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालीका वडा नं. ०९ (काँक्रेविहार जंगल नजिकै) स्थीत ठुलो हाँडिमा गएराति सोहि स्थानका ४५ बर्षिय पुर्णबहादुर थापा मगरको मृत्यु भएको हो ।

परिवारका अनुसार शनिबार बिहान ७ः३० बजे माछा मार्न जान्छु भनेर घरदेखि हिडेका पूर्ण मगर बिहान सम्म नआएपछि खोजी गर्दा उहाँ आईतबार (आज) करिब ११ः३० बजे ठुलो हाँडी (दलदल)मा मृत्य अवस्थामा फेला पर्नुभएको थियो ।