श्रमजीवीहरुको हक र अधिकारका लागी म सधै सक्रिय भएर लाग्ने छुः अध्यक्ष कार्की

मिलन श्रेष्ठ
१४ चैत, सुर्खेत
नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले टेड्र युनियनलाई सक्रिय बनाउन सकेमात्र काँग्रेस बलियो हुने दाबी गर्नुभएको छ।
नेपाल टेड्र युनियन काँग्रेस सुर्खेतको छैठौ जिल्ला अधिवेशलार्इ सम्बोधन गर्दै नेता थानिले काँग्रेसका भातृ संगठनहरुलार्इ सक्रिय भएर लाग्न थाल्न सुझाँब दिनुभयो।
पुर्बमन्त्री समेत रहनुभएका थानिले विगतका दिनहरुमा भन्दा टेड्र युनियनलार्इ आगामी दिनहरु थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलार्इ पनि सामना गर्न तयार रहन आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा साँसद अमृता शाहीले मजदुरहरुको हक–हितको लागी आफ्ना श्रीमान संस्थापक अध्यक्ष गणेश शाहीको महत्वपुर्ण योगदान रहेको भन्दै उहाँको योगदानको कदर गर्न आग्रह गर्नुभयो ।
उहाँले मजदुहरुको हक–हितको लागी नेपाल टेड्र युनियनले महत्वपुर्ण भुमिका खेलेको भन्दै यसको लागी आफ्नो तर्फबाट हुने सहयोगको लागी आफु तयार रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले देश संघियतामा गएसंगै जटिल अबस्थमा पुगेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नु भयो।
कार्यक्रममा क्षेत्रिय सभापती नारायण कोर्इरालाले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नगर प्रमुख देबकुमार सुबेदीले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा टेड्र युनियनका पुर्व अध्यक्ष लोकबहादुर बिसी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिर्थजंग शाही,नेपाली काँग्रेस टेड्र युनियनका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरी लगायत विभिन्न जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा आफ्नो भनार्इ राखेका थिए।
कार्यक्रम नेपाल टेड्र युनियन सुर्खेतका अध्यक्ष जयबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको हो।
यसैबीच नेपाल टेड्र युनियन सुर्खेतको छैठौ अधिवेशले गणेशकुमार कार्कीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ।
जसको उपाध्यक्षमा दुर्गाप्रसाद श्रेष्ठ, बिमल प्रोखरेल, कृष्णप्रसाद गौली,शेरजंग शाही र मिना काफ्ले सचिवमामा सम्राट गौतम र सह–सचिवमा मिथिला श्रेष्ठ चयन हुनुभएको छ।
नब निर्बाचित अध्यक्ष कार्की लामो समयदेखी प्रत्रकारीता क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ।
निर्बाचित भएलागतै कार्कीले श्रमजिबीहरुको हक र अधिकारका लागी आफु सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
साभारः देउती खबर ।



Milan Shrestha । १४ चैत्र २०७४, बुधबार १५:४५ बजे