कोरोनाका २ नयाँ संक्रमित भेटिए


१९ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को २ जना नयाँ संक्रमित भेटिएको छ । यो संगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।