
९ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड – १९)को संक्रमण आज मात्रै १२ वटा पोजेटिभ देखिएको छ । संक्रमित सबैजना उदयपुरको त्रियुगा नगरपालिका भुल्के स्थित मस्जिद नजिकैका स्थानीय रहेको बताइएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित सबैजनाको अहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
Prawash Kumar Shakya । ९ बैशाख २०७७, मंगलवार १९:३४ बजे