डोल्पा जिप दुर्घटनाको मन्त्री बुढाद्वारा शोक व्यक्त


सुर्खेत २१ कार्त्तिक ।

गत कार्त्तिक १९ गते डोल्पाको कालागौँडा वतासेडाँडामा भएको जिप दुर्घटना प्रति कर्णालि प्रदेशका उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री माननिय नन्द सिंह बुढाले शोक ब्यक्त गर्नु भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री वुढाले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । यस्तै विज्ञप्तिमा वेपत्ताको छिटोभन्दा छिटो खोजिकार्य गर्न स्थानिय र सुरक्षीकर्मिलाई अनुरोध गर्दै आगामि दिनमा यस्ता घटना नदहोरीनका लागि कर्णालि प्रदेश सरकार लागि पर्ने बताउनु भएको छ । जिप गत कार्त्तिक १९ गते डोल्पाको दुनै वाट त्रिपुराकोट जाँदैगर्दा ठुलिभेरी नगरपालिका वडा नं ९ कालागौँडा वतासेडाँडामा दुर्घटनामा परि १० जनाको मृत्यु १ जना वेपत्ता र २ जना गम्भिर घाईते भएका थिए ।