मन्त्रीहरुले बुलबुलेको पर्खाल निर्माण गर्ने


चैत्र १५, सुर्खेत ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता बिमला केसीले श्रमको सम्मान बढाउन आफुहरुले जनतासँगै श्रम गर्न लागेको बताउनुभएको छ ।

कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने बिषयमा जानकारी दिदै प्रवक्ता केसीले सो कुरा बताउनु भएको हो ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खाल निर्माणमा मन्त्रीहरुले आज श्रम गर्ने भएका छन् ।

कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आज बिहान आठ बजेदेखि बुलबुले उद्यान क्षेत्रको पर्खाल निर्माणको काम गरिने भएको छ ।

प्रदेश सरकारले श्रमप्रति सम्मान जागृत गर्न हरेक महिनाको १ र १५ गते जनतासँगै सार्वजनिक काम गर्ने भनि गरेको निर्णय अनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाई गरिन लागीएको हो ।