दृष्टिविहिन बिद्यार्थीलाई मोवाईल बितरण ।


अविरल ढकाल
२ वैशाख,जुम्ला,

जुम्लाका सात जना दृष्टिविहिन विद्यार्थीलाई एनड्रोइड मोवाईल वितरण गरिएको छ । दृष्टिविहिन विद्यार्थीको पर्ढाई क्षमता अभिवद्धि प्रबोधिकरण गर्नको लागि दृष्टिविहिन विद्यार्थीलाई आज पेस नेपाल र आड्रा नेपालको सहकार्यमा एनड्रोइड मोवाईल वितरण गरिएको हो ।

व्रेललिपी माध्यम बाट अध्ययन गाह्रो भएको समयमा मोवाईल एप्सबाट अध्ययन गर्न पाईने भए पछि अव दृष्टिविहिन सार्थीहरुले पनि राम्रो गर्ने आशाका साथ अध्ययन गर्नको लागि सहज हुने भएको दृष्टिविहिन विद्यार्थी सत्य बताउनु भयो ।
विज्ञान र प्रविधिको युगमा दृष्टिविहिन व्यक्तिले विज्ञान प्रविधिका ज्ञानलाई प्रयोग गर्नको साथै पर्ढाई अभिवृद्धि गर्नको लागि एनड्रोइड मोवाईल दिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताउनु भयो। अव आउने दिनमा दृष्टिविहिनहरुका लागि क्षमता विकासका कार्यक्रमहरु प्रादन गर्ने र आत्मनिर्भर भएर बाँच्नको लागि प्रोत्साहन समेत गर्ने न्यौपानेले बताउनुभयो  । सपांग व्यक्ति सरह जस्तो सुकै पनि कार्य गर्न सक्ने भएकोले दृष्टिविहिन र अपांगता भएका व्यक्तिलाई माया, ममता प्रेरणाका साथै अपांग मैत्री बातावरणको सिर्जना गर्न आवश्यक रहेको न्यौपानेले बताउनुभयो ।

अपांगता भएका र दृष्टिविहिन व्यक्तिहरुमा भएको दान बरदानलाई उजागर गर्नको लागि यस्ता व्यक्तिहरुलाई माया, ममता र हौशला दिएर आत्मनिर्भर भएर बाँच्न सक्ने चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताउनु भयो । उनले भनिन दृष्टिविहिन र अपांग भएको व्यक्तिहरुको लागि हरेक क्षेत्रमा अपांग मैत्री बातावरण बनाउने र अपांगताको क्षेत्रमा आउने बजेटलाई पनि बढाउने प्रयास भईरहेको छ ।

दृष्टिविहिनका लागि पाठयपुस्तक पुर्‍याउनेे जिम्मा लिएको शिक्षा विभागले पुस्तक छाप्नका लागि नेपाल अपांग कल्याण संघ र नेत्रहिन संघलाई जिम्मा दिए पनि जुम्लाका दृष्टिविहिन विद्याथीहरुले समयमा दृष्टिविहिनको हातमा शैक्षिक सत्र भएको चार पाँच महिना पछि मात्र व्रेललिपी -पाठय पुस्तक) आई पुग्ने भएकोले पढनपाढनमा समस्या भएको शिक्षक दत्तबहादुर बुढाले बताए । हाल जुम्लामा विभिन्न तहका ३० जना दुष्टिविहिन विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका छन् ।