कोरोना भाइरसबाट थप ३ संक्रमित, संक्रमित संख्या ९ पुग्यो


२२ चैत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा थप ३ संक्रमित भएको पुष्टी भएको छ । यो संगै नेपालमा संक्रमित संख्या ९ पुगेको छ ।

कैलाली ३४ बर्षिय एक महिला र भारतको मुम्बइबाट आएका २१ बर्षिय पुरुष त्यस्तै भारतकै उत्तराखण्डबाट आएका कञ्चनपूरका ४१ बर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ भने अरु दुई जना बाहिरबाट आएका संक्रमित हुन् । सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको बताइएको छ । त्यस्तै आठौँ संक्रमित लम्की कैलालीका २१ बर्षीय पुरुषमा देखिएको हो उहाँ केही समय अघि भारतको मुम्बईबाट आएको बताइएको छ । संक्रमित क्वारेन्टाइनमा रहेका थिए ।

नवौँ संक्रमित पेरकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा हुन उहाँ भारतको उत्तराखण्डबाट नेपाल आउनुभएको हो उहाँपनि क्वारेन्टाइनमा रहनुभएको थियो ।

गएराती १२ बजे नै पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । संक्रमितहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।