आज कर्णाली प्रदेशको प्रदेश सभा बैठक बस्दै


मिलन श्रेष्ठ
१६ चैत, सुर्खेत ।
कर्णाली प्रदेशको प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । करिब एक महिनादेखि स्थिगित भएको प्रदेश सभाको बैठक आज(शुक्रबार) लागेको हो ।
संसद सचिवालयका सचिव राजेश पौडेलले आजको बैठकमा कार्य व्यवस्था परामर्श समिति गठन, प्रदेश सरकारको आर्थिक कार्यविधि सम्बन्धि विधेयक २०७४ र संसद नियमावली मस्यौदा पेश हुने कार्यसुचि रहेको जानकारी दिनुभयो ।
यस्तै आजको प्रदेश सभाको बैठकमा सांसदहरुले विशेष समय लिएर बोल्न पाउने भएका छन् । सांसदहरुका लागि कर्णाली प्रदेशको संसद वैठकमा विशेष समय सम्बन्धि व्यवस्था गरिएको यो पहिलो पटक हो । ‘आजको बैठकमा विशेष समय सम्बन्धि व्यवस्था छ । अहिलेसम्म विशेष समय सम्बन्धि व्यवस्था थिएन्’ उहाँले भन्नुभयो, ‘इच्छुक सांसदहरुले समसामयिक विषयहरुको सन्र्दभमा सदन र सरकारको ध्यानाकर्षण गराउन चाहानु भयो भने उहाँहरुलाई विशेष समय व्यवस्था गरिएको छ ।’