महाबुलाइ घार्मिक पर्यटकिय गन्तब्य बनाउन सरकार लागी परेको छ -मुख्यमन्त्री शाही


१४ कात्तिक सुर्खेत दैलेख र कालीकोटको सिमानामा रहेको महाबु लेकलाइ धार्मिक पर्यटकिय गन्तब्य बनाउनको लागी कर्णाली प्रदेश सरकार लागी परेको बताउनु भएको छ ।

 भारतको रुपैडीया बाट दैलेख र कालीकोट हुदै हिल्साको नाक्चे लाग्ना सम्म पुग्ने त्रिदेशिय सडकको अवलोकन गर्नु जानु भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सो कुरा बताउनु भएको हो ।

महाबु लेकमा दमौडा महाबै, शिवजिको गाथ धार्मिक रुपमा निकै चर्चित धार्मिक स्थल भएको र यहाँको मनोरम दृष्यले गर्दा यो स्थान पर्यटकहरुको धार्मीक पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु हुनका लागी अति उत्तम स्थान भएकाले सरकारले यस्लाइ प्राथमिकतामा राखेर काम गर्न थालनि गरेको बताउनु भएको छ ।

 

अथाह सम्भावना बोकेको यस क्षेत्रलाइ उपयोग गर्न सक्ने हो भने पनि आर्थिक उन्नति हुने र यी जिल्लाहरु आत्म निर्भर हुनसक्ने कुरामा जोड दिनुभयो । कृषी पर्यटनको प्रचुर सम्भावना भएको यहाँ पाइने  चरन क्षेत्रको सम्भावनाका आधारमा  भेडा पालन  गरी नमुना योग्यकाम हुन सक्ने, हाईअल्टच्यूटका कारण  चौरी पालन गरेर मनग्य लाभ लिन सकिने कुरा र जडीबुटी को लागी अध्ययन केन्द्र  बनाउन सकिने हो भने यस क्षेत्रकालागी कुनै पनी निकायहरुसँग हात थाप्नु नपर्ने कुरामा जोड दिनु भयो ।

सोही क्रम मा आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पनी यस क्षेत्रमा सम्भावना अथाह रहेको र के कुरामा बिकास गर्दा यहाँको जन स्तरमा प्रत्यक्ष असर पर्नसक्ने भन्ने खालको अनुभुती भएको कुरा बताउनु भयो । महाबु लेकमा एउटा भ्यूटावर बनाउन सक्ने हो भने उत्तर प्रदेश भारत चिनका केही भुभाग अवलोकन गर्न सकिने भएकाले प्रदेश सरकारले यस्का लागी छिट्टै पहल गर्ने कुरा मा जोड दिनु भयो ।