श्रीमान् द्वारा श्रीमती कुटपिट


मौसम कुमार
चैत्र १६, दैलेख ।

दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका निवासी डम्वरकुमारी रावतलाई उनका श्रीमानले आगो फुक्न बनाइएको प्लाष्टिकको ढुंग्रोले गुप्ताङगमा घोचेर घाउइते बनाएको बिषयमा महिला विकास कार्यालय अधिकृत पवित्रा पुरी र प्रहरी नायव उपरिक्षक सरोज पौडेलले जिल्ला अस्पताल पुगेर उपचारको अवस्थावारे जानकारी लिएका छन ।

अस्पतालवाटै पीडित महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने तयारी गरेको छ । घाइते महिलाको गुप्ताङ्गमा भित्री चोट लागेको उक्त चोटको उपचार दैलेख अस्पतालका स्त्री रोग विशषज्ञ डा. निरञ्जन पन्तको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

पीडित डम्वरकुमारीलाई उनका श्रीमान् सुर्यबहादुर रावतले कुटपिट गरी रहने गरेको र पछिल्ला दिनहरुमा दाउराले हानेर चोट पटक लगाई गुप्ताङगमा पाइृपले घोचेर घाइते गराएको स्वीकार गरेका छन् ।