
मिलन श्रेष्ठ
भदौ,२९ सुर्खेत । राष्ट्रिय बालदिवसको अवसर पारेर सुर्खेत जिल्ला स्थीत लायन्स क्लबहरुले आज एक कार्यक्रमको आयोजना गरी खाद्य सहयोग गरेको छ ।
विभिन्न सामाजिक कार्यमा सहयोग गर्दे आईहेका सुर्खेत जिल्ला स्थीत ४ वटा लायन्स क्लबहरु, लायन्स क्लब अफ सुर्खेत शिबबिहार, लायन्स क्लब अफ सुर्खेत काक्रेबिहार,सिद्धापाईला र लायन्स क्लब अफ सुर्खेत आरम्भले संयुक्त रुपमा वीरेन्द्रनगर–०९मा रहेको साझा घर नेपाललाई चामल, दाल, नुन, तेल, चिउरा र चाउचाउ सहयोग गरेको हो ।
कार्यक्रमका बिशेष अथिति एरिया चिफ लायन्स हरिहर बस्नेतले बिपन्न बाल अधिकार सुनिश्चितता हामि सबैको प्रतिवद्धता भन्ने भावना अनुशार दुखमा रहेका बालबालिकह्रुको सहयोग गर्नु लायन्सको उद्देश्य रहनुका साथै लायन्स लिडरहरु समाजिक कार्यहरुमा मात्र नभई नेतित्व र व्यक्तित्व बिकासमा पनि अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
बस्नेतले जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुमा आवद्धता भएका लायन्सलहरुले बिगत लामो समयदेखि समाजका विभिन्न सामाजिक कार्यहरुमा सहकार्य सहित सहयोग गर्दे आईरहेता पनि लायन्स लिडरहरु सहयोगी हात मात्र बन्नु भन्दा पनि बोलीमा मिठास अनि कार्य शैलि प्रतिको व्यवहारमा परिवर्तन गरी समाजका अन्य संस्थाहरुलाई पनि सहयोगी हात सहित समाजलाई व्यवहारिक रुपान्तरण गर्ने जिम्मा लायन्स लिडरहरुमा आएको कुरामा जोड दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम् वीरेन्द्रनगर नगरपालिका वडा नं.९का वडा अध्यक्ष सुरेश मानन्धरका अनुशार संविधानले मूलतः सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरिरहेको अवस्थामा नेपालका बालबालिकामा एकातर्फ अभावमा बाँच्नुपर्ने र अर्कोतर्फ विभिन्न किसिमका हिंसाहरू सहि सडक सडक पेटीमा रात गुजारीरहेको छन् भने कति बालबालिकाहरुले रोग, भोगका
बेला जिल्ला स्थीत लायन्स क्लबहरुले खाधान्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्दे आगामि दिनहरुमा पनि बृद्धबृद्धा, अशक्त, अपांग,एकल महिला सहित बालबालिकाको क्षेत्रमा आफुले पनि सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष गोरख रावतको सभापत्तिवमा सम्पन्न कार्यक्रममा, बिशेष अतिथि रिजन चियर पर्सन युवराज पौडेल, अतिथिहरु एरिया सेक्रेटरी चन्द्रा भट्टाराई, डिपार्मैन्ट चिफ कल्पना कार्कि, बिन्दु नेपाल,डिस्ट्रीक अफिरहरु बालकृष्ण श्रेष्ठ, प्रवेशमान मानन्धर, शुभाष श्रेष्ठ, लायन्स क्लब अफ सुर्खेत सिद्धापाईलाका अध्यक्ष मञ्जु तिवारी, लायन्स क्लब अफ काक्रेबिहारका अध्यक्ष लायन्स भद्र कुमारी थानी ढकाल, लायन्स क्लब अफ आरम्भका अध्यक्ष लायन्स कमल कुमार सिंह, प्रशान्ति बृद्धाश्रमका उपाध्क्ष शितलसिंह राठोर, साझा घर नेपालका संचालक बिनोद चौलागाई र जिल्ला स्थीत विभिन्न क्लबहरुका प्रमुख एवंम् प्रतिनिधिहरुको उपस्थीत रहेको थियो भने ।
लायन्स क्लब अफ सुर्खेत आरम्भका सचिव दिपेन्द्रराज खनालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।



Milan Shrestha । २९ भाद्र २०७७, सोमबार १८:३२ बजे