
श्राबण २९, सुर्खेत । दैनिक दिन मानिस र गाडीहरुले खचाखच हुने सुर्खेत बसपार्क आज भने खाली देखिएको छ ।
बिप्लब नेतृत्वको नेकपा माओवादीको बन्दका कारण बसपार्क खाली देखिएको हो । पार्टीका प्रबक्ता प्रकाण्ड सहितका नेताहरुको रिहाइको माग गर्दै आब्हान गरिएको बन्दको प्रभाव कर्णाली प्रदेशको राजधानि सुर्खेतमा आज बिहानै देखि देखिएको हो ।
बन्दका कारण छोटो तथा लामो दुरिका गाडीहरु बन्द भएकाछन् भने स्थानियहरु पनि त्रसित देखिएकाछन । बिहानै देखि यात्रुहरु बसपार्कमा अलपत्र भएकाछन् भने फाट्टफुट्ट रुपमा मोटरसाइकल भने चलेका देखिन्छन् ।
बन्दका कारण कर्णाली प्रदेशका दशवटै जिल्लामा ३१ गतेबाट सञ्चालन हुने टिएसएलसी परिक्षाका लागि आबस्यक प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पनि सम्बन्धित जिल्लामा पठाउन नसकिएको पश्चिम क्षेत्र क्षेत्रिय कार्यालयका परिक्षा प्रमूख ध्रुब रेग्मिले बताउनुभयो । लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रिहरु पनि अलपत्र परेकाछन् ।
यता मध्यपश्चिम यातायता व्यावसायी संघ सुर्खेतले विगतमा जस्तै बन्दको आधिकारी पत्र नआएको भएपनि यातायात व्यावसायीले विज्ञप्तीलाई आधारमानी जोखिम मोल्न नचाहेका कारण स्वः स्फुर्त यातायात बन्द गरेको जनाएको छ । तर लामो दुरीलागि भने टिकट घर खुला रहेको संघका सचिव नारायण चपाईले बताउनुभयो ।




Milan Shrestha । २९ श्रावण २०७५, मंगलवार ०२:२२ बजे