एशियन लाईफद्वारा बीमा रकम भुक्तानी



मिलन श्रेष्ठ,
पौष,७ सुर्खेत । एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतले गत साउन २२ गतेका दिन असामयिक बनिधन भएका सर्पजीत केप्चाकि मगरका परिवारलाई शनिवार(आज) बीमा रकम चेक हस्तान्तरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं.६का सर्पजीत केप्चाकि मगरका परिवारलाई बीमा रकम चेक हस्तान्तरण गरिएको हो ।
केप्चाकिले एशियन लाईफ इन्स्योरेन्समा १५ बर्षिय एशियन साबधिक जीवन बीमा योजना अन्तर्गत रु ११ लाख रुपैया बराबरको जीवन बीमा गर्नु भएको थियो भने उहांका श्रीमती पबित्रा केप्चाकि मगरलाई रु १२ लाख ५२ हजार ६ सय रुपैया बराबरको चेक उहां कै घरमा गएर हस्तान्तरण गरिएको हो ।
एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका सिनियर बिजनेश म्यानेजर एवंम् कार्यक्रमका अतिथी प्रवेशमान मानन्धरले आफुले स्वर्गिय सर्पराजको जीवन वीमा गरेर धेरै ठुलो कार्य गरेको कुरा बताउनु भयो, मानन्धरका अनुशार स्वर्गिय सर्पराजको कालगतीका कारण मृत्यू त हुने नै रहेछ तर आफुले वीमाको बारेमा बुझाएर वीमा गरिदिएकोले आज आर्शित परिवारले रावत स्वरुप रकम प्राप्त गरेको छन् ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं.०६का अध्यक्ष एवंम् कार्यक्रमका प्रमुख अथिती मोतीप्रसाद कडेंलल कार्यक्रमा बोल्दै वास्तवमा जीवन वीमा भनेको हुने खानेका लागी मात्र नभई हुदा खानेका लागी अति आवश्यक रहेको औल्याउनु भयो । जीवन वीमाले जीवनमा हुने घटनाहरुमा क्षति वापतको रकम प्राप्त गर्ने भन्दा पनि भविष्यका लागी बचत समेत हुने भएको हुदा उपस्थित सबैलाई वीमा गर्नका लागी आग्रह गर्दे अबको दिनमा आफूले पनि जीवन वीमा कम्पनीलाई अभियानकै रुपमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
चेक हस्तान्तर कार्यक्रममा बोल्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्ध एवंम् कार्यक्रमका सभापती बिजय पराजुलीले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी अन्तर्गत बीमा गरेका, बीमीतहरुले दुःख नपाउन साथै कम्पनीको तर्फबाट छिटो छरितो अनि सरल तरिकाबाट भुक्तानी गर्न सक्ने मुख्य उद्धेश्यका साथ कम्पनीले आफ्नो स्थापना काल देखि नै कार्य गर्दे आईरहेको हुदा, नै कम्पनीले लोकप्रिय हुन सफल भएको बताउनु भयो ।
पराजुलीले यहि असार १४ गते दैलेख जिल्लाको ठांटीकांड गाउपालीकामा एशियन लाईफ ईन्स्योरेन्सले मृतक दिपेन्द्र थापाकी श्रीमती सीता बोगटीलाई उहाकै घरमा गएर चेक हस्तान्तरणको उदाहरण दिदै एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले अब “क्रिया काजमै बसेको बेला रकम भुक्तानी गर्ने ” व्यवस्था समेत मिलाएको कुरालामा जोड दिनु भयो ।
शाखा सुर्खेतका बरिष्ठ अधिकृत पारसमणि खनाललृे कार्यक्रमको सहजीकरण गर्नु भएको .कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं.०६ का सदस्य गोरख रावत बिशिष्ट आथित्यता रहको थियो भने कम्पनीका सिनिय बिजनेश म्यानेज, बिजनेश म्यानेजर र अभिकर्ताहरुको समेत उपस्थित रहेको थियो ।