कर्णाली प्रदेशमा आयात नियन्त्रित गर्दै लकडाउनमा कडाई


२९ बैशाख, सुर्खेत । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठक विभिन्न निर्णयहरु गर्दै सकिएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रले छिमेकी प्रदेश नं ५ को जिल्ला बाँकेको नेपालगंजमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु बढी मात्रामा भेटिए संग प्रदेशका सबै नाका १ साताकालागि सिल गरेको समयावधी सकिए संगै अर्को सूचना जारी नभएर सम्मका लागि नाका सिल गरेको थियो ।

यसैवीच प्रदेश विपद् व्यवस्थापन केन्द्र बैठकले प्रदेशमा निर्माण सामाग्री, दैनिक उपभोग्य खाद्यान्न वस्तु, ग्यास लगाएत पेट्रोलियम पदार्थको आयात नियन्त्रित रुपमा खुला गर्दै लकडाउन भने कडाई पुर्वक जारी रहने निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरु

१ कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने,

२ भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने,

३ तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउने,

४ भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने ।

५ बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने ।

६ कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने ।

७ सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बालि स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने ।

८ महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने ।

९ सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जन शक्ति आवत जावतको व्यवस्था गर्ने ।

१० चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामाग्री आयात गर्ने ।

११ ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने ।

१२ औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने ।

 

! *