अब के होला?


१९ असार, सुर्खेत । केही दिन देखि देशको राजनिति माहौल निकै नै तातिएको स्थिति छ । त्यसैमाथि झन भारतीय सञ्चार माध्यमहरुबाट आउने खबरले सबैलाई तताइदिएको स्थिति देशमा छ ।

देशमा यतवेला प्रधानमन्त्री वलीले राजिनामा दिनुहुन्छ या हुँदैन? सबैको ध्यान यतिवेला त्यतै छ । कहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डले राजिनामा मागेको खबर त कहिले भारतीय मिडियामा प्रधानमन्त्रीले राजिनामा दिएको खबर ।

देशको सबैभन्दा ठूलो पार्टी भएको छ नेकपा । जुन एमाले र माओवादीको एकताबाट भनेको हो । धेरैको चाहाना छ नेपालका सम्पूर्ण बाम पार्टी एक भएको हेर्ने तर त्यो चाहना पूरा हुन निकै कठिन छ । अहिले पनि नेकपामा पूरै एकता हुन बाँकी नै छ तर यही विचमा फेरी पार्टी फुट्न लागेको होकी भन्ने धेरै नेता तथा कार्यकर्ताको मनमा परिसकेको छ ।

हिजो सम्मको स्थिति हेर्दा अब प्रधानमन्त्री वलीले राजिनामा दिने होला भन्ने धेरैको अड्कलबाजी थियो । तर यतिवेला नेकपाका दुइ अध्यक्ष वली र प्रचण्डको छलफल व्यस्त हुनुहुन्छ ।

यती प्रधानमन्त्री वलीका समर्थकहरुले देशका विभिन्न ठाँउमा आइ एम विथ केपी वली भन्दै प्रदर्शन शुरु गरेका छन् । यसैक्रममा वीरेन्द्रनगर सुर्खेतमा पनि प्रधानमन्त्री वलीका पक्षधरहरुले आज जुलुस निकालेकाछन् । वली समर्थकहरुले “देशको मुहार फेर्नु छ साथी पार्टी भन्दा राष्ट्रमाथी” लेखिएको व्यानर बोकेर वीरेन्द्रनगर बजार परिक्रममा गरि वीरेन्द्रचौकमा कोण सभा गरेका थिए ।

फोटोः चिन्तामणी शर्माको फेसबुकबाट