जिल्ला स्तरिय तरुण प्रशिक्षण तथा समिक्षात्मक कार्यक्रम सम्पन्न


मौसम कुमार
जेठ १०, दैलेख ।

नेपाली कांग्रेसको भातृ सङंगठन नेपाल तरुण दलको केन्द्रिय मिति अनुसार तय भएको अभियान अनुसार आज दैलेखमा पनि नेपाल तरुण दलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दलका जिल्ला अध्यक्ष लालबहादुर चन्दको अध्यक्षता, नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार वि.सीको प्रमूख आतिथ्तामा भएको एक दिने प्रशिक्षण कार्यक्रममा दैलेख नेपाली काँग्रेसका नेता भेषराज थापा, गणेशबहादुर शाही, भुपेन्द्र शाही, कृष्ण कुमार वि.सी.ले प्रशिक्षण दिनुभएको छ ।

एक सय बढी तरुण युवाहरुको सहभागिता रहेको प्रशिक्षणमा नेपाली काँग्रेसमा अबको तरुण युवाको भुमिका के कसरी नेपाल तरुण दल अगाडी लैजाने भन्ने विषयमा जानकारीका साथै नेपाली काँग्रेसलाई अवको दिनमा कसरी जिल्लाको पहिलो पार्टी बनाउने भन्ने बारे छलफल गरीएको छ । हालै सम्पन्न स्थानिय तहमा भएको हारको कारणका बारेमा पनि समिक्षा गरीएको छ ।

कार्यक्रममा बोल्दै नपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य गणेशबहादुर शाहीले नेपाल तरुण दलको हिजोको अबस्था आज बर्तमानमा भै रहेको अवस्था र भोली कसरी तरुणलाई अगाडी लैजाने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसकाका पुर्व पार्टी उपसभापति कर्णबहादुर शाही, पुर्व पार्टी सभापति जगतजंग थापा, यामबहादुर मल्ल, पार्टी सचिब टेकबहादुर कटुवाल लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।