प्रदेश सरकारद्धारा पिडितलाई राहात वितरण


रमेश कुमार वली
सल्यान १५ भदौ । भदौ १२ गते राती घर भत्किएर मृत्यु भएका वागचौर नगरपालिका ४ सेतिगुरासका परिवारलाई कर्णाली प्रदेश सरकारबाट राहात वितरण गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाले पिडितकै घरमा पुगेर शुक्रवार राहात वितरण गर्नु भएको हो ।
मन्त्री ज्वालाले एकै घरका ५ जनाको मृत्यु हुनेगरी भएको घटनाप्रति प्रदेश सरकारको तर्फबाट दुख व्यक्त गर्दै १ लाख ५० हजर रुपैया राहात हस्तान्तरण गर्नु भएको थियो । राहात वितरण गर्दै मन्त्री ज्वालाले घटनामा परी वाँचेका ३ जना वालिकाहरुको शिक्षा दिक्षामा प्रदेश सरकारले सहयोग गर्ने वताउनु भयो ।
“यो दर्दनाक घटनाले मलाई पनि मर्माहत वनाएको छ टुहरा वालवालिकाको शिक्षा दिक्षाको लागि प्रदेश सरकारमा सहयोगका लागि पहल गर्छु अरुले पनि मानविय सहयोग पु¥याउनु हुन अनुरोध गर्दछु ।” मन्त्री ज्वालाले भन्नुभयो । यसका लागि संरक्षकको नाममा वैंकमा खाता खोलेर सहयोग उपलव्ध गराउने मन्त्रीले जानकारी दिनुभयो ।
यस अघि जिल्ला प्रशासन कार्यलय सल्यानले मृतकका परिवारलाई १ लाख रुपैया राहात प्रदान गरेको थियो । गत भदौ १२ घरको दलिन भाँचिएर ३९ वर्षिय रामसिंह कामी उहाँकी ३५ वर्षिय श्रीमति रामकला कामी, उहाँकी ६ वर्षिया छोरी गंगा कामी, ५ वर्षिया छोरी प्रमिला कामी र ४ वर्षिय छोरा रुपलाल कामीको मृत्यु भएको थियो । संगै सुतेकी ९ वर्षिया छोरी सुनिता विक भने सामान्य घाइते भएकी थिइन । घाइते वालिकाले राती ११ वजे छिमेकीहरुलाई खवर गरेपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
यस्तै छत्रेश्वरी गाउपालिका २ दहखोलामा पहिरोका कारण घरवार विहिन भएका ३ घर परिवारलाई राहात समाग्री वितरण गरिएको छ । पहिरोबाट छत्रेश्वरी गाउपालिका २ का यम वहादुर वली, लक्ष्मण केसी र प्रेम केसीको घर पुर्ण रुपमा पुरिएको थियो । मानविय क्षति नभएपनि घर पुर्ण रुपमा भएपछि पिडितहरु आफन्तकोमा आश्रय लिएर वसेका छन् । छत्रेश्वरी गाउपालिकाको कार्यालयमा आयोजित एक कार्यत्रममा आर्थिक मामला मन्त्री ज्वालाले पहिरो पिडितलाई प्रदेश सरकारको तर्फबाट राहात उपलव्ध गराउनु भएको थियो ।