
मिलन श्रेष्ठ
१५ चैत्र
इ.आइ.एफ को आर्थिक सहयोग, जि.आई. जेड.को प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा एक दिने प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नेपाल सरकार, वन तथा भु–संरक्षण मन्त्रालयको अगुवाई र सुन्दर नेपाल संस्थाको सहजीकरणमा सुर्खेत जिल्लामा सञ्चालित नेपाल व्यापार एकिकृत रणनिती कार्यान्वयन औषधी तथा सुगन्धित विरुवाको प्रवद्र्धन परियोजना IN-MAPs को जिल्ला स्तरीय परियोजना कार्यशाला गोष्ठी वीेरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न भएको हो ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा सम्पन्न प्रारम्भिक कार्यशाला गोष्ठीमा विशेष अतिथि तथा जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत हेमराज बिस्टले कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एवंम् जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले सुर्खेत जिल्ला जडिबुटीको क्षेत्रमा प्रशस्त संभावना बोकेको जिल्ला भएको हुदां यस क्षेत्रमा वसोवास गर्ने विपन्न समुदायहरुको आयस्तर वृद्धि गर्नमा यस कार्यक्रमले उल्लेखनिय योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यशाला गोष्ठीमा जि.आई.जेडका कार्यक्रम अधिकृत नविनकुमार गुप्ता, एनसावका कलस्टर संयोजक चण्डिका अमागाई, जवान कार्यक्रमका श्रवण शाही तथा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक रामकृष्ण बुढाले कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए ।
विभिन्न सामुदायिक वनहरुमा अवस्थीत औषधि तथा सुगन्धित विरुवाको उत्पादन, संकलन तथा बजारीकरणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने र टिमुर, तेजपात र चिउरीको गुणस्तर उत्पादन तथा बजारीकरणमा पहल गर्ने अभिप्रायले सुर्खेत जिल्ला स्थित विभिन्न २४ वटा सामुदायिक वन उपभोक्ता समिति मार्फत कार्यक्रम विस्तार गरिने कार्यक्रम संयोजक रामकृष्ण बुढाले बताए ।
सुन्दर नेपाल संस्थका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कडेंलले सहजीकरण गरेको प्रारम्भिक कार्यशाला गोष्ठीमा जिल्ला स्थीत विभिन्न सरकारी, गैर सरकारी तथा सामुदायिक वनहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



Milan Shrestha । १६ चैत्र २०७४, शुक्रबार ११:३१ बजे