
मिलन श्रेष्ठ
सुर्खेत, २० चैत ।
६५ औं शाखाको रुपमा विगत केहि महिना अघि सुर्खेतमा स्थापना भएको एक बैंकले आफ्नो ग्राहकहरुको सेवा सुविधाका लागी स्वास्थ्य वीमाको योजना ल्याएको मंगलवार (आज) वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वैंकले जानकारी दिएको हो ।
यहि ०७४ साल जेष्ठ महिनाको ७ गतेका दिन सुर्खैतमा आफ्नो ६५ औं शाखाको रुपमा स्थापना भएको सनराइज बैंकले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो कुरा बताएको हो । शाखा सुर्खेतका प्रमुख प्रविन अधिकारीका अनुशार, हामीले पनि अन्य बैंकहरु जस्तै कार्य गर्दे आईरहेता पनि पछिल्लो समय आफ्ना बचत सदस्यहरुलाई स्वास्थ्य वीमा योजना सम्बन्धि कार्यक्रम ल्याएका हौं । यस वीमा योजना अन्तर्गत बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गराउंदा लाग्ने खर्च रु १ लाख नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाईने छ । हुन त यस अघि नै हामिले सदस्यहरुका लागी दूर्घटना वीमाको योजना लागु गरि सकेता पनि स्वास्थ्य वीमाको योजना यस पटक बाट मात्र शुरु गरिएको ।
यसै गरी अन्तरक्रिया कार्यक्रममा बजार व्यवस्थापन प्रमुख बिजय कुमार शाहले बैंकको केन्द्रिय का साथै इलेक्ट्रोनिक बैंकिङ्ख सेवा अन्तर्गत अधिराज्य भरीका शाखाका सदस्यहरुको सुविधालाई मध्यनजर राख्दै यस अघि नै सुर्खेत शाखाले १० वटा पोस मेशिनहरु वितरण गरिसको र ं प्रभावकारी बजारका कारण उक्त मेशिनको माग बढि रहेको बताए ।
सनराइज बैंक शाखा सुर्खेतका कृषि कर्जा सहायक सन्तोष न्यौपानेले कृषि कर्जामा व्याज अनुदानको कार्यक्रमले गर्दा कृषि कर्जामा कृषकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए ।



Milan Shrestha । २० चैत्र २०७४, मंगलवार ११:३४ बजे