
मिलन श्रेष्ठ
सुर्खेत, चैत २० ।
मंगलवार(आज) बसेको कर्णाली प्रदेशको प्रदेश सभो बैठकले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक कार्यविधि सम्बन्धि विधेयकमाथि पनि शैद्धान्तिक छलफल गरेको छ । आर्थिक कार्यविधिमा छलफल गर्दै सांसदहरुले आर्थिक अनियमितता रोक्नका लागि , व्यवस्था गर्नुपर्ने बताएका छन् । अधिकाँश सांसदहरुले आर्थिक अनुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक लेखापरीक्षणको व्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । सांसद चन्द्रबहादुर शाहीले प्रत्येक जिल्लामा आर्थिक अनुगमन टोलि पठाइने व्यवस्था गरिनुपर्ने बताउनु भयो ।
यस्तै सांसद दिनबन्धु श्रेष्ठले आर्थिक समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण गर्ने र निरिक्षण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले बजेट तर्जुमा पारदर्शी हुनुपर्ने र दैविक प्रकोपबाट हुने क्षतिका लागि आपत्तकालिन कोष व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।
सांसद देवि वलीले भ्रष्टाचार बढेको भन्दै यसको नियन्त्रण गर्नुपर्ने र आर्थिक पारदर्शीता हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक कार्यविधिमा सार्वजनिक लेखापरीक्षण गरिनुपर्ने र जनताले आर्थिकको बारेमा जानकारी पाउनुपर्ने बाउनु भयो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विधेयक माथि भएका छलफलका बिषयमा सम्बोधन गर्दै आर्थिक अनुशासन कायम गर्न, निति नियमहरु कार्यान्वयन गर्न सरकार लचिलो हुने बताउनु भयो । उहाँले आर्थिक कार्यविधि विधेयकमा आर्थिक नियमितता, भ्रष्टाचार रोक्न, जवाफदेहीता कायम गर्ने राम्रो पक्ष भएको भन्दै सार्वजनिक लेखापरीक्षणको पनि व्यवस्था गरिने बताउनु भयो । प्रदेश सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थिगित भएको छ ।



Milan Shrestha । २० चैत्र २०७४, मंगलवार १४:०४ बजे