
मिलन श्रेष्ठ
सुर्खेत, चैत २० ।
सुर्खेत जिल्ला स्थीत नेपाली सेनाको नरसिंह दल गणको सहयोगमा नेरा आधारभूत विद्यालय वीरेन्द्रनगर–०५, चिसापानीको ७ कोठे अत्याधुनिक शौचालय भवन निर्माण गरेको छ । आज(मंगलवार) नेपाली सेनाको उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी कमेन्द्रविक्रम लिम्बुले सो शौचालय भवनको उद्घाटन गरेका छन् । करिव ६ लाखको लागतमा निर्माण गरिएको छात्र–छात्राको शौचालय भवन आज नै विद्यालय लाई हस्तान्तरण गरिएको छ ।
नरसिंह दल, वीरेन्द्रनगर नगरपालिका , सामुदायिक वन उपभोक्ता समिती र विद्यालयले शौचालय निर्माणमा सहकार्य गरेका थिए । विद्यालयका प्रधानाध्यापक तेजकुमारी जिसी (चपाईं) ले अत्याधुनिक शौचालय निर्माण गरेकोमा नेपाली सेनाप्रति आभार प्रकट गर्दे उनले थपिन यो विद्यालय त जिल्लाकै एउटा प्रतिनिधि विद्यालय मात्र हो, जिल्लामा यस्ता थुपै सामुदायिक विद्यालयहरु छन् जहांका भौतिक संरचनाहरु दिनानुदिन जीर्ण हुदै गईरहेको छ र सम्बन्धित निकायएको नजर पुगेको छैन, मेरो भनाईको मतलब यो होईन कि सम्बन्धित निकायले सवै कार्य गर्दछ भन्ने, हामी पीडितले आवश्यकता अनुशारको कदम अगाडि चाले सहयोग गर्ने निकायहरु धेरै भएको पाए, त्यसैले हामीले पनि आफ्नो स्थानबाट कदमहरु अगाडि बदाउन जरुरी छ ।
२००३ सालमा बिट्रिस सरकार र विद्यालयले संयुक्त रुपमा संचालन गरेको शौचालय केहि बर्ष यता जिर्ण भए पछि विद्यालयका छात्र–छात्राहरुलाई शौच गर्न गाह्रो हुन्थ्यो र कतिपय बिधाथीहरुले त विद्यालयको प्रांगणमा नै शौच गरि दिन्थे , जब मैले जिल्लाका मेयर र उपमेयरलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरी विद्यालय समस्यका बारेमा देखाए, नगरपालिकको सहयोगमा नेपाली सेनाले शौचालयको भवन निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक तेजकुमारी जिसी (चपाईं)ले बताईन ।



Milan Shrestha । २० चैत्र २०७४, मंगलवार १४:२५ बजे