कर्णाली प्रदेशका सांसदहरुलाई सम्मान


तस्विरः सन्तोष श्रेष्ठ ।

मिलन श्रेष्ठ
चैत,२३ सुुर्खेत
यहि मंसीर २१ गते भएको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा सुर्खेतबाट निर्वाचित हुने सांसदहरलाई बधाई तथा सम्मान गरीएको छ । शुक्रबार जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको हो । बधाई कार्यक्रमा बोल्दै, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले विकासका कामहरु अघि बढाउन र प्रदेशबासीलाई विकासको विगुल फुकेर अभियानमा सहभागि गराउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । खनालले गुणस्तरिय विकास निर्माणका कामहरुमा जिल्ला समन्वय समितिले अनुगमनको कार्यलाई ध्यान दिनुपर्ने बताउनु भयो ।

तस्विरः सन्तोष श्रेष्ठ ।

यसैगरी कार्यक्रमा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद नवराज रावतले कानुनमा जे व्यवस्था गरीएको छ त्यसलाई कार्यन्वयन तर्फ लैजानु उत्तम भएको बताए । सेवा र प्रक्रिया मात्रै होइन स्रोतको पनि पहिचान गर्नु पर्ने भन्दै साभासद रावतले स्थानिय तह अव पुुरानै स्रोतबाट सञ्चालनहुन नसक्ने बताए । अहिलेको अवस्थामा जिल्ला विकास समितिलाई पहिलको भन्दाकम अधिकार भएपनि भएको अधिकारको समन्वय गर्ने बताए । राजनीति नेतृत्व सहि भए देश विकास तर्फ अघि वढ्छ भन्दै राजनीतिकको नेतृत्व सही भएन भने देश पुरानै अवस्थामा फस्ने बताए । अब कहाँ के भएन भन्दापनि अव कसरी अघि बढ्ने भन्नेमा लाग्नुपर्ने बताए । राजनीतिमा इच्छा शक्ति भयो भने देश बनाउन टाढा जानुनपेर्ने बताए ।
त्यस्तै, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीले अव जिल्ला समन्वय समितिको मुख्य काम अनुगमन भएकोले अनुगमन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले हरेक विकास निर्माण कार्यमा गुणस्तरिय हिन भएको भन्दै समितिले अगुमनको पाटोलाई बालियो बनाउन पनि सुझाव दिनुभयो ।
यसै गरी कार्यक्रमा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सांसद सिता नेपालीले जिल्ला समन्वय समितीको क्षेत्रधिकार पहिलेको भन्दा केही संकृचित भएको भन्दै आगामी दिनहरुमा प्रदेश सरकारले कानुन निर्माण गर्दा क्षेत्राधिकार अलि फराकिलो बनाउने कानुन तयार पार्ने प्रतिबद्धता जनाउँदै यस्तो बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितका पादाधिकारीहरुले आफुहरुलाई फराकिलो अधिकार नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिले, प्रदेश प्रमुख दुर्गाकेशर खनाल, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नवराज रावत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्यहरु सीता नेपाली, यज्ञबहादुर विसी, अमृता शाही, राजु गुईदेल, पद्मा खड्कालाई सम्मान गरिएको थियो ।