ध्रुवकुमारको “मनको चाबी” सार्वजनिक (भिडियोसहित)


४ भाद्र, सुर्खेत । चर्चित अधिवक्ता एवं समाजसेवी ध्रुवकुमार श्रेष्ठले आफ्नो “मनको चाबी” आज सार्वजनिक गर्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेर समाजसेवा एवं पेशाले अधिवक्ता श्रेष्ठको पहिलो साँगितिक कोशेली “मनको चाबी” सुर्खेतका अग्रज कलाकार भिमबहादुर कार्कीले सार्वजनिक गर्नुभएको हो ।

श्रेष्ठको लेखन रहेको “मनको चाबी” बोलको गितमा सुर्खेत कै उदयीमान कलाकार कवीराज गिरीको आवाज र सुर्खेतका चर्चित बासुरीवादक ज्ञानबहादुर नेपालीको संगित रहेको छ ।

घर छोडेर मुग्लान जादाँको पिडा आफुले गितमा पस्किन खोजेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “सुर्खेतकै अग्रज कलाकारहरु भिमबहादुर कार्की, प्रेमदेव गिरी गंगा केसी लगाएतको प्रेरणाले गित लेख्ने प्रयास गरेको हुँ ।”