
१४ पौष, सुर्खेत । भेरीगंगा नगरपालिकाले हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग सुन्दर नेपाल संस्थाको सहजिकरणमा नेपालमा डिजिटल प्रविधि पहुँचमा लैङ्गिक अन्तर न्यूनिकरण परियोजना (WGDP) ले किसानहरुलाई प्रविधिसँग जोड्न थालेको छ ।
डिजिटल प्रबिधिबाट किसानहरुलाई कृषि तथा पशुपालन सम्बन्धि सम्पूर्ण जानकारी दिनका लागि KIOSK मेशिन भेरीगंगा नगरपालिकामा जडान गरिएको छ । आज (विहिबार) सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदम बहादुर दलामीले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेललाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो ।
उक्त KIOSK मेशिन मार्फत किसानहरुले उत्पादन गर्न थालेका कृषि जन्य बस्तुको विवरण, मौषम सम्बन्धि जानकारी, माटो, बजार भाउ आदीको बारेमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ । Geo Krishi Farm एप मार्फत किसानहरुले डिजिटल प्रबिधि मार्फत कृषि तथा पशुपालन सम्बन्धि जानकारी पाउन सक्ने कुरा Geo Krishi का कार्यक्रम अधिकृत टोपेन्द्र थापाले जानकारी दिनुभयो ।
त्यस्तै ३ दिन भित्रको मौषमी विवरण जानकारी दिने तयारी गरिएको छ । भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेलले यस कार्यले भेरीगंगा नगरपालिकाका स्मार्ट फोन नभएका किसानहरुले पनि मेशिन मार्फत कृषि तथा पशुपालन सम्बन्धि सम्पूर्ण जानकारी लिन पाउने सक्ने कुरा बताउदै सहयोग गर्ने हेफर इन्टरनेशनल नेपाल, सुन्दर नेपाल संस्था र Geo Krishi लाई धन्यबाद दिनुका साथै किसानहरुले उत्पादन गरेका कृषि जन्य बस्तुहरुको बिक्रि वितरणमा समेत सहज हुने कुरा बताउनु भएको थियो ।
किसानहरुले आफ्नो खेत बारीको माटो परिक्षण गरेर मलको प्रयोगका बारेमा समेत जानकारी पाउन सक्ने छन् । जिल्लामा पहिलो पटक भेरीगंगा नगरपालिकामा डिजिटल मेशिन राखिएको हो ।



Prawash Kumar Shakya । १४ पुष २०७९, बिहीबार १८:४८ बजे