राष्ट्र बैकका कर्मचारी किन बसे धर्नामा


काठमाडौं–नेपाल राष्ट्र बैकका कर्मचारीले आफुहरुको वृद्धि विकासमा असर पर्ने गरी एकलौटी र अपारदर्शी ढंगबाट कर्मचारी सेवा विनियावली शंसोधनको मस्यौदा खारेज गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
कर्मचारीले आईतबारदेखि संसोधित कर्मचारी सेवा विनियावलीको विरोधमा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
अन्य कामकारवाही प्रभावित नहुने गरी दैनिक एक घण्टा धर्नाको कार्यक्रम सार्वजनिक गरेका कर्मचारीले २०७२ साल मंसिर ६ गते नेपाल राष्ट्रबैक कर्मचारी संघ र व्यवस्थापनबीच भएको सम्झौता अनुसारको माग पुरा गर्नुपर्ने अडान पनि लिएका छन् ।

कर्मचारीले आफुहरुको वृद्धि विकासमा असर पुग्ने गरि व्यवस्थापनले एकलौटी ढंगमा ३० बर्षे सेवा अवधि हटाएको भन्दै विरोध गर्दै आएका छन् ।