
१५ जेठ, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा शिक्षण अस्पताल खोल्ने घोषणा गरेको छ । यसअन्तर्गत पहिलो चरणमा बर्दिवास, सुर्खेत र बुटवलमा शिक्षण अस्पताल खुल्ने भएका छन् ।
आगामी आर्थिक वर्षमा तीन ठाउँमा शिक्षण अस्पताल निर्माण कार्य थालनी गर्ने अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै जानकारी दिए ।
सरकारले एक प्रदेश एक शिक्षण अस्पताल अभियानलाई जोड दिएको छ । शिक्षण अस्पताल निर्माण कार्य थालनी गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए ।
देशभर ७ वटा प्रदेश बनाउने संविधानमा उल्लेख छ । अन्य प्रदेशमा विस्तारै शिक्षण अस्पताल निर्माण गर्दै जाने मन्त्री पौडेलले बताए ।
साभारः अनलाइन खबर
Prawash Kumar Shakya । १५ जेष्ठ २०७३, शनिबार १५:०९ बजे