कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल तथ अन्य अस्पतालहरुमा विपन्न तथा जेष्ठ नागरिकहरुलाई नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो । त्यस्तै सरकारले कर्णाली प्रदेश अस्पताललाई नीति तथा कार्यक्रममा प्रतिष्ठान बनाउने पनि समावेश गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममा विशेषगरी कृषि, स्वास्थ्य, सडक पूर्वाधार, खेल र सिँचाइ सुविधा लगायतका विषयलाई मुख्य प्राथमिकता राखेको छ । नीति तथा कार्यक्रममा सरकारले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण गर्दै प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र निर्यातमा प्रोत्साहन गरिने उल्लेख गरेको छ । ‘एक गाउँ एक व्यावसायिक फलफूल बगैँचा,’ ‘स्वस्थ माटो, दिगो उत्पादन’ र ‘एक स्थानीय तह, एक कृर्षी पाठशाला लगाएत सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यसै वीच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्य तथा सुर्खेत जिल्ला अध्यक्ष अशोक कुमार सिंहले कर्णाली प्रदेश भरिमा दानमा दिइएको रगत विरामीले निःशुल्क पाउनु पर्छ भन्ने समाजको मागलाई आंशिकरुपमा भएपनि समावेश गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरु भन्नुहुन्छ हामी फेरीपनि सरकारको ध्यानकर्षण गर्न चाहन्छौं कि कर्णाली प्रदेशमा विरामीलाई निःशुल्क रगत उपलब्ध गराइयोस् ।
नीति तथा कार्यक्रम २०८३/८४ पूर्ण पाठ



Prawash Kumar Shakya । २० जेष्ठ २०८३, बुधबार १९:२४ बजे