पेट्रोलियम पदार्थको मूल्य घट्यो


२० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । आज (सोमबार) बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँ र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार सोमबार निगमको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । भने खाना पकाउने एलपीजी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।

ईन्धनमा मूल्य कटौती भएसँगै डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।