बलिउड अभिनेत्री श्रीदेवीको निधन


१३ फागुन । केही समय अगाडी बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

अभिनेत्री श्रीदेवीको हृदयघातबाट निधन भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । श्रीदेवी आफ्ना श्रीमान बोनी कपुर र छोरी संग एक विवाह समारोह दुबइमा गएको वेला हृदयघातबाट निधन भएको बताइएको छ ।

मिस्टर इण्डिया, नगीना, चाँदनी जस्ता सुपरहिट चलचित्रमा अभिनय गरिसक्नु भएकी श्रीदेवी सन २०१२ मा इंलिस विङ्गलिस चलचित्र मार्फत बलिउडमा कमव्याक गर्नुभएको थियो ।