
सुर्खेत, चैत ३० ।
कर्णाली प्रदेशको मन्त्रीपरिषद् वैठक आज मुगुको रारामा बस्दैछ । बैठक आज अप्राहन्न ४ बजेका लागि रारामा बस्ने तय गरिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
भोलि प्रदेश सरकारको आयोजनामा कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु रारा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पर्यटन वर्षको उद्घाटनका लागि आज रारा आउँदैहुनुहुन्छ । यसै अवसर पारेर प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा बैठक बस्ने तय गरिएको हो । मन्त्रीपरिषदको बैठकमा कर्णाली प्रदेशसंग जोडिएका समृद्धिका विषयमा र राष्ट्रिय महत्वका योजनाका बारेमा छलफल हुने मन्त्री रावलले जानकारी दिनुभयो ।
यस्तै बैठकमा कर्णाली प्रदेशको उत्तरी नाका जोड्ने मुगुको नाक्चे लाग्ना, हुम्लाको हिल्सा, डोल्पाको नाका खोल्ने विषयमा पनि छलफल गरिने उहाँले जानकारी दिनुभयो ।



Milan Shrestha । ३० चैत्र २०७४, शुक्रबार ०७:१८ बजे