आज सातु खाने दिन


वैशाख ५ गते । वैशाख शुक्ल तृतीयाका दिन बुधबार जौको सातु र सख्खर पानीको ठण्डा सर्वत सेवन गरेर अक्षय तृतीया पर्व मनाइँदैछ । भविष्य पुराणमा यस दिन भगवान् नारायण, परशुराम र हैगृभको पूजा गर्नु भनिएको छ । यस दिन गरिएको स्नान, होम, जप आदि कार्य अक्षय हुन्छ भनी सोही पुराणमा वर्णन गरिएको छ । पुराणमा यसै दिन छाता र जुत्ता सुपात्रलाई दान गर्नु भनिएको छ ।

जौको सातु र सख्खरको सर्वत दान गर्दा सोझै पितृले पाउँछन् भनिएको छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार अक्षय तृतीया बुधबार सूर्याेदय (बिहान ५ बजेर ३९ मिनेट) देखि बिहीबार बिहान तीन बजेर ३३ मिनेटसम्म परेको छ । आयुर्वेदमा जौको सातु र सख्खरको सर्वतलाई ऊर्जाजन्य पौष्टिक आहार मानिएको छ । गर्मीयाममा यसको नित्य सेवनबाट शरीरमा शितलता प्रदान गर्छ भन्ने आयुर्वेदीय मान्यता छ । पशुपति गुठी गोश्वाराका युवराज रेग्मीका अनुसार सर्वसाधारण बटुवाले पनि सातु सर्वत खाऊन् भनेर दाताले राखिदिएको गुठीबाट पशुपतिमा सातु सर्वत वितरण गरिन्छ ।

गोरखापत्रअनलाइनबाट