प्रदेश सरकारलाइ साना किसानको १ लाख सहयोग


वैशाख,२५ सुर्खेत। कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा साना किसान विकास लघुवित्त वित्तिय सस्थाले १ लाख सहयोग गरेको छ ।

विहिवार सस्थाका सञ्चालक सदस्य चाँदनी ढकाल र इलाका प्रवन्धक दोर्णराज घिमिरेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाइ १ लाखको चेक प्रदान गर्नु भएको थियो । उहाले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सस्थाले सहयोग गरेको इलाका प्रवन्धक दोर्णराज घिमिरेले बताउनु भयो ।

सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको साथै सस्थाको केन्द्रीय कार्यलयले संघीय सरकारलाइ १० लाख रुपैया र उपलब्ध गराएको र हरेक प्रदेश लाई एक एक लाख रुपैया हस्तान्तरण गरेको घिमिरेले वताउनु भयो ।

मुख्यमन्त्री शाहीले ‘ कोरोनको उच्च जोखिममा भएपनि कर्णालीमा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको वताउदै कोरोना भाइरसको विपदबाट बचाउन लागी सहयोग उपलब्ध गराएको सस्थालाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।