डोल्पामा जीप दुर्घटना १ को मृत्यु ३ घाइते


गुगल तस्विर ।

८ बैशाख । रुकुमको त्रिवणीदेखि डोल्पाको खदाङ्गबाट त्रिवेणी तर्फ जादै गरेको जीप करवगार्डको चिण्डेबगरमा दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ ३ जना गम्भिर घाइते भएका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ् बाट रुकुमको त्रिवेणी तर्फ जादै गर्दा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ को चिण्डेबगरमा शनिवार विहान ९ बजे लु १ च ५४६७ नं.को जीप दुर्घटना हुदा रुकुम आटवीसकोट नगरपालिका वडा नं. ९ की ६० वर्षीया रामकला जैसीको मृत्यु भएको छ ।

दुर्घटनामा दैलेख चामुण्डा बिन्दासैनी ९ का चालक विरबहादुर थापा र डोल्पा त्रीपुरा सुन्दरीनगरपालीका वडा ५ की २७ बर्षिया विष्णुरुपा वोहोरा गम्भिर घाईते भएका छन् । यसैगरी अर्का रुकुम आठबिसकोट का १८ का १८ बर्षका जयबहादुर थापा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख यमबहादुर मल्लले जानकारी दिए ।

जीप बाटोबाट करिव ३५ मिटर तल खोलामा खसेको छ । मृतक रामकला जैसी जाजरकोट–दुनै मोटरबाटोको सिरिविण्डे त्रिपुराकोट मोटरबाटो निर्माणमा काम गर्दै आएकी थिइन । यो सडक खण्डमा चैत्रको २५ गते जीप संचालनमा आएको हो ।साभारः सेरोफेरो ।