
१९ जेठ सुर्खेत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा हाइस गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जदेखि सल्यान जादै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २० जना घाईते भएका छन् ।
घाइते हुनेहरुमा दाङ जिल्लाका धना गा.पा. ४ का ४५ बर्षिया मेघराज केसी,
रोल्पा जिल्ला त्रिबेणी गा.पा. ७ का १७ बर्षिया सुनिल परियार,
रोल्पा जिल्ला त्रिबेणी गा.पा. ७ कै २० बर्षिया बिरेन्द्र परियार,
रोल्पा जिल्ला त्रिबेणी गा.पा. ७ का १८ बर्षिया पुरन परियार ,
दाङ जिल्लाका तु.उ.न.पा. का ३९ बर्षिया विष्णु गिरी,
सल्यान जिल्लाका सारदा गा.पा. ६ का टीका चलाउने ,
दाङ जिल्लाका राजपुर गा.पा.६ का २० बर्षिया दिपेश चौधरी,
दाङ जिल्लाका तु.उ.न.पा. २ का २३ बर्षिया रुपलाल केसी ,
रोल्पा जिल्लाका कुरैति गा.पा.२ का ५२ बर्षिया नर बहादुर बिक ,
दाङ जिल्लाका राजपुर गा.पा. २ का २१ बर्षिया जीवन घर्ती ,
रोल्पा जिल्ला टुटु ८ का ४० बर्षिया दिलबहादुर बिक,
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० बर्षिया मिनराज बिक,
सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का तेजबहादुर बुढाथोकी,
सल्यान जिल्लाका १८ बर्षिया धनबहादुर बोहरा,
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ बर्षिया लोकेश घर्ती,
सल्यान जिल्लाका ५२ बर्षिया दिपबहादुर बुढा,
दाङ जिल्लाका २० बर्षिया भरत थापा,
सल्यान जिल्लाका शिव भण्डारी,
सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का २६ बर्षिया निमबहादुर बादी
सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का १८ बर्षिया देबेन्द्र बुढाथोकी र
सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का १७ बर्षिया ज्ञान ब। बोहरा रहेका छन् ।



Milan Shrestha । १९ जेष्ठ २०७७, सोमबार ०९:०४ बजे