सल्यानको शंखमूलमा पार्क निर्माण हुने


२० मंसीर, सल्यान । सल्यान जिल्ला कै पवित्र धार्मिक तिर्थस्थल शंखमुलमा ठूलो शंख सहितको पार्क निर्माण कार्य सुरु भएको छ ।

छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा गाउँपालिकाले पार्क निर्माणको कार्यलाई अगाडि बढाएको हो । करिव एक करोडको लगानीमा पार्क निर्माण गरेर ठूलो आकारको शंख स्थापना गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारि दिनुभयो । शंख सहित बन्न लागेको पार्कको शुक्रबार शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो ।

राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइ देखि ५ सय मिटरको दुरिमा १ करोड १४ लाख ४६ हजार ९ सय २८ रुपैयाँ बिनियोजन गरिएकोकोमा प्राकृतिक निशान जेभी सिद्धार्थनगर रुपन्देहीले ९५ लाख १२ हजार १ सय ८३ रुपैयाँमा पार्क निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर रन्जन चन्दले बताउनुभयो ।

स्वस्थानी ब्रत कथामा वर्णण गरिएको छाँयाछेत्र तथा शंखमुल धार्मिक आस्थाको केन्द्र मानिन्छ । सत्य युगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्व परिक्रमा गर्दा सतिदेबिका बांकी रहेका सम्पुर्ण अंगहरु छायाक्षेत्रमा पतन भइसकेपछि महादेबले सोहि शंखमुलमा स्नान गर्नुभएको जनविश्वास रहेको छ ।

पार्कमा ढुङेधारा, कुण्ड, शिव भगवानको मुर्ती, आकर्षक गार्डेन, पानीका फोहरा, चौतारी, चेन्जिङ रुम, सौचालय, विश्राम स्थल, लगाएतका संरचनाहरु निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभयो । पार्क निर्माण भएपछी उक्त पबित्र एंव धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने गाउँपालिकाको विश्वास छ ।

शंखमुललाई थप धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्नको निम्ति गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । अध्यक्ष केसिले छायाछेत्रमा सतिदेबिका बाकी रहेका सम्पुर्ण अंग पतन भइसकेपछि महादेबले स्नान गर्नुभएको उक्त मुललाई संरक्षण गरि पार्क बनाउदा थप प्रचारप्रसार हुने बिश्वास बिश्वास ब्यक्त गर्नुभयो । बन्न लागेको पार्क र शंख राप्ती लोकमार्ग बाट देख्न सकिने छ ।

महाशिबरात्री तथा अन्य समयमा त्यहाँ ठुलो मेला लाग्ने र मुलमा नुहाउनेको ठूलो भिड लाग्ने गरेको छ । पार्क बन्न लागेको स्थानबाट छाँयाक्षेत्र (छत्रेश्वरि) मन्दिर करिब ४ किलोमिटरको दुरिमा रहेको छ । २०७८ असार मसान्तसम्म काम सम्पन्न हुने निर्माण निर्माण कम्पनीले जनाएको छ ।