आगलागीवाट ५० लाख बराबरको क्षती


मौसम कुमार
वैशाख ९, दैलेख ।

दैलेख जिल्लामा रहेको अनु फेन्सी पसलमा गत राती विधुत सट भई आगो लाग्दा ५० लाख बराबरको क्षतीभएको छ । त्रिभुवन उच्च माविको सटर नं. २५ मा रहेको फेन्सी पसलमा लगभग साढे ९ वजे तिर आगलागी भएको हो ।

आगलागी भए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सरोज पौड्याल सहितको टोली र नारायण नगरपालिकाको टोलीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।